काठमाडौं- कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले आगामी असोज २ गतेभित्र मौलिक हक कार्यान्वयन गर्नका लागि आवश्यक सबै कानुन बनाई लागू गरिसक्ने बताएका छन्नु।
नागरिक एकता 8द्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले संविधान कार्यान्वय गर्नु सरकारको मुख्य दायित्व भएकाले निर्धारित समयमै सबै कानुन बनाई लागू गर्ने प्रतिबद्धता जनाए। संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने १ सय १० वटा कानुनमध्ये बाँकी रहेका ३७ वटा कानुन बनाइसकेपछि मौलिक हक सम्बन्धी सबै कानुन बन्ने भन्दै उनले असोज २ गतेभित्रै कानुन बनाउने काम सम्पन्न गरिने बताए।
'संविधान कार्यान्वयनका लागि १ सय १० वटा कानुन बनाउनुपर्नेमा ७३ वटा बनिसकेको छ, ३७ वटा बनाइसकेपछि मौलिक हक सम्बन्धी सबै कानुन बन्नेछन्,' उनले भने, '३४ वटा सरकारको विभिन्न तहमा सहमतिको प्रक्रियामा अगाडि बढिरहेको छ।' ३ वटा कानुनको मस्यौदा बनाउने काम भइरहेको जानकारी दिँदै उनले असोजभित्रै मौलिक हक कार्यान्वयन गर्नका लागि आवश्यक कानून संसदबाट पारित भई लागू हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।