काठमाडौं- न्यायको माग गर्दै वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको भावना समेटिएको पुस्तक ‘न्यायको अवसान’ सार्वजनिक गरिएको छ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्मा, पूर्वमहान्यायधिवक्ता कल्याण श्रेष्ठ, पूर्वमन्त्री नीलाम्बर आचार्य, पत्रकार कनकमणि दीक्षित लगायतले संयुक्त रुपमा पुस्तक विमोचन गरे। गंगामाया जस्ता पीडितले न्याय नपाउँदासम्म देश समृद्ध बन्न नसक्ने वक्ताहरुको भनाइ थियो।
छोरा कृष्णप्रसादको हत्या आरोपीलाई पक्राउ र अदालतमा विचाराधीन मुद्दा छिटो फैसला गर्ने मागलाई पुस्तकमा समेटिएको पत्रकार तथा पुस्तकका सम्पादक घनश्याम खड्काले बताए।
२०६१ जेठ २४ मा कृष्णप्रसादको तत्कालीन माओवादी पक्षबाट हत्या गरिएको थियो। हत्या आरोपीको नाम किटानीसहित उनीहरुविरुद्ध २०७० चैत ३० मा दिइएको मुद्दा चितवन जिल्ला अदालतमा विचाराधीन छ। राजनीतिक संरक्षणमा मुद्दा फैसलामा ढिलाइ गरिएको र आफूले न्याय नपाएको गुनासो गंगामायाले गर्दै आएकी छन्नु। छोराको हत्या भएपछि लामो समयसम्म हत्या आरोपीलाई कारबाही नभएपछि अधिकारी दम्पती नै अनसन बसेकामा श्रीमान् नन्दप्रसादको अनसनको ३३४औँ दिनमा २०७१ असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो।
न्याय नपाउँदासम्म श्रीमानको अन्तिम संस्कार नगर्ने भनेपछि नन्दप्रसादको शव अझै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, शवगृहमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।