ललितपुर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संगठन विस्तारमा सक्रिय हुन ललितपुरका अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। राप्रपा ललितपुरद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले पार्टीले अंगीकार गरेका एजेण्डालाई तल्लो तहसम्म पु¥याउन संगठन विस्तार अनिवार्य रहेको बताएका हुन्।
जिल्ला विकास समिति लालितपुरको सभाकक्षमा शुक्रबार सम्पन्न उक्त भेलालाई पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री बुद्धिमान तामाङ, महामन्त्री राजेन्द्र लिङ्देनलगायतका केन्द्रीय नेतृत्वले संबोधन गरेका थिए।
कार्यक्रममा राप्रपामा प्रवेश गर्न चाहनेलाई अध्यक्ष थापाले स्वागत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।