काठमाडौं- २०१८ फिफा विश्वकपमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ४ वटा रेकर्ड बनाएका छन्। खेलमा स्ट्राइकर रोनाल्डोको ह्याट्रिक गर्दा पोर्चुगल र स्पेनले ३-३ गोलको बराबरी खेलेका थिए।
रोनाल्डोले खेलको ४, ४४ र ८८ मिनेटमा गोल गरेर ह्याट्रिक गर्दा ४ रेकर्ड बनेका छन्।
१. ह्याट्रिकसँगै रोनाल्डो विश्वकपमा बढी उमेरमा ह्याट्रिक गर्ने खेलाडी बनेका छन्। रोनाल्डो ३३ वर्ष १ सय ३० दिन उमेरका भए। यसअघि नेदरल्यान्ड्सका रोव रेसेनबिङ्कले १९७८ मा इरान विरुद्ध ह्याट्रिक गरेका थिए। त्यतिबेला उनी ३० वर्ष ३ सय ३५ दिन उमेरका थिए।
२. रोनाल्डोले खेल करिअरको ५१ औं ह्याट्रिक गरेका हुन्। संयोगवस रोनाल्डोको ह्याट्रिक विश्वकप इतिहासको पनि ५१ औं ह्याट्रिक बन्न पुग्यो।
३. रोनाल्डो लगातार चार विश्वकपमा गोल गर्ने चौथो खेलाडी बने। यसअघि उनले सन् २००६, सन् २०१० र २०१४ को विश्वकपमा पनि गोल गरेका थिए।
४. रोनाल्डो मुख्य प्रतियोगितामा लगातार ८ गोल गर्ने पहिलो खेलाडी बनेका छन्। उनले यसअघि युरोकपमा लगातार ५ गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।