समूह 'सी'
फ्रान्स भर्सेस अस्ट्रेलिया
समय– असार २, दिउँसो ३:४५ बजे
मस्को– २०१८ फिफा विश्वकपको समूह 'सी' मा रहेका फ्रान्स र अस्ट्रेलिया दुवै टिम पछिल्लो समय फर्ममा छन्। फ्रान्सले विश्वकप छनोटमा उत्कृष्ट खेल पस्किएको थियो। प्लेअफमार्फत विश्वकपमा स्थान बनाएपनि अस्ट्रेलियाको प्रदर्शन पछिल्लो समय राम्रो छ।
युरो २०१६ को फाइनलमा पराजति भएको पिडा फ्रान्स २०१८ विश्वकपमा उत्कृष्ट खेलेर बिर्सन चाहान्छ। फ्रेन्च टिममा उत्कृष्ट फरवार्डहरु छन्। जसले पहिलो खेलमा नै राम्रो अन्तरको जित हात पार्ने योजनामा फ्रेञ्च प्रशिक्षक डिडियर डेस्चाम्स छन्। सुपरस्टार फरवार्ड एन्टोनी ग्रिजम्यान र युवा प्रतिभा केलियन एमबाप्पेसँगै उत्रने अन्य खेलाडी छान्न प्रशिक्षकलाई गाह्रो छ। किनकी फ्रेन्च टिममा प्रतिभाशाली खेलाडीको जमघट छ।
अन्य एसियन टिमको तुलनामा अस्ट्रेलिया आत्मविश्वासी टिम हो। भेट्रान टिम काहिल अझै पनि गोल गरिरहेका छन्। पछिल्ला तीन विश्वकपमा गोल गरिसकेका ३८ वर्षीय काहिलले यसपटक गोल गरे इतिहास बनाउनेछन्। गोल गरेको खण्डमान उनी चार विश्वकपमा गोल गर्ने चौथो खेलाडी बन्नेछन्।
पहिलो खेलअघि फ्रेन्च टिम दबाबरहित दोखिएको छ। उत्कृष्ट खेलाडीले भरिपूर्ण फ्रेन्च टिमले आसा गरिएका दुई खेलाडी एमबाप्पे र ग्रिजम्यानलाई अस्ट्रेलियन डिफेन्डरले रोक्क गाह्रो पर्ने छ।
फ्रान्सभन्दा कमजोर आँकलन गरिएपनि अस्ट्रेलियन टिम सन्तुलित छ। अस्ट्रेलियाका टिम विश्लेषकले टिमका खेलाडीहरु जितका लागि भोका देखिएको बताएका छन्।
सम्भावित टिम
फ्रान्स
हुगो लोरिस, बेन्जामिन मेन्डे, स्यामुयल उम्टिटी, राफायल भारान, डिजिब्रिल सिडिबे, ब्लासी माटाउटी, एनगोलो कान्टे, पाउल पोग्वा, एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे, ओलिभर जिरुउड
अस्ट्रेलिया
म्याथ्यु रायन, अजिज बेहिच, ट्रेन्ट साइन्टबरी, मार्क मिलिगन, जोस रिडसन, आरोन मूडी, मिले जेडिनाक, माडिमो लुओग्नो, रोबी क्रुस, एन्ड्रिउ नाबाउट, माथ्यु लेकी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।