हेटौंडा– प्रदेश ३ ले आगामी आर्थिक वर्ष (आव) २०७५/७६ को वार्षिक बजेट ल्याएको छ। प्रदेश ३ ले आगामी आवका लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको हो।
कुल विनियोजित बजेटमध्ये पूँजीगत तर्फ ६१ दशमलब ०८ प्रतिशत बजेट विनियोजन गरेको छ भने चालूतर्फको ३८ दशमलब ९२ प्रतिशत छ।
पुँजीगततर्फ २१ अर्ब ७५ करोड ३० लाख ९ हजार रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश ३ ले १३ अर्ब ८६ करोड २५ लाख ९१ हजार रुपैयाँ चालूतर्फ छुट्याएको छ।
अगामी आवका लागि खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ९ अर्ब ३३ करोड ३६ लाख ७३ हजार रुपैयाँ, संघीय समानीकरण अनुदानबाट ५ अर्ब ९६ करोड ९७ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ८ अर्ब ९९ करोड ६६ लाख २७ हजार रुपैयाँ, सशर्त अनुदानबाट १० अर्ब ६१ करोड ५६ लाख रुपैयाँ र नगद मौज्दात ७० करोड रुपैयाँको जोहो गरिने बजेट वक्तव्यमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।