काठमाडौं– प्रदेश ३ ले पुराना सवारी साधनमा कर बढाएको छ। आगामी आर्थिक वर्ष (आव) २०७५/७६ को बजेटमार्फत् प्रदेश ३ ले सवारी साधनको कर बढाएको हो।
प्रदेशभित्र दर्ता भएका १५ वर्षभन्दा पुराना सवारी साधनहरूलाई लाग्ने सवारी साधन करमा १४ वर्षभन्दा बढीको प्रत्येक वर्षका लागि ५ प्रतिशतका दरले थप कर असुल गरिने व्यवस्था बजेटमा गरिएको छ।
वातावरण प्रदूषण न्यूनीकरण गर्न यस्तो व्यवस्था गरिएको वक्तव्यमा उल्लेख छ। यसअघि सरकारले २० वर्षभन्दा पुराना सवारी साधन विस्थापन गर्ने निर्णय गरिसकेको छ।
प्रदेश कर विभाग तथा कर प्रणाली स्थापना गर्न आगामी वर्षमा विज्ञसहित कार्यदल गठन गरी अध्ययन गराइने व्यवस्था बजेटमार्फत गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।