काठमाडौं– पेस्तोल देखाई लुटपाट गरेपछि बच्चालाई किस गरेर भाग्ने लुटेरा समूहका २ जना पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाले रामेछापका टोकल भन्ने रोहितबहादुर थापा मगर र सिन्धुपाल्चोकका अदिप भन्ने टोकलबहादुर तामाङलाई पक्राउ गरेको हो।
उनीहरुले गत फागुन १० गते सूर्यबिनायकको गणश चोक बस्ने रामबहादुर तामाङको डेरामा डकैती गरेका थिए।
मध्यराती घरभित्र प्रबेश गरेका उनीहरुले १६ लाख ७ सय ९० रुपैयाँ बराबरको धनमाल डकैती गरेका थिए।
डकैती गरेपछि उनीहरुमध्ये एकले तामाङका छोरालाई गालामा किस खाएर भागेका थिए।
सो घटनामा संलग्न केही व्यक्तिहरु पहिले नै पक्राउ परिसकेका छन्। थप दुई जना शुक्रबार पक्राउ परेका हुन्। डकैतीपछि बच्चालाई किस खाने सो गिरोहका नाइके भने अझै फरार नै रहेको अपराध महाशाखाका इन्सपेक्टर भरत थापाले बताए।
शुक्रबार पक्राउ परेकामध्ये टोकलबहादुर विगतमा पनि पक्राउ परि छुटेका व्यक्ति हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।