पोखरा– प्रदेश ४ ले आर्थिक वर्ष २०७५/०७६ का लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको वार्षिक बजेट ल्याएको छ। शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभामा आगामी आवको उक्त बजेट प्रस्तुत गरेका हुन्।
कुल विनियोजित बजेटमध्ये चालूतर्फ ६ अर्ब ९१ करोड ५५ लाख, पुँजीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख रुपैयाँ र अन्तर–सरकारी वित्तीय हस्तान्तरणतर्फ १ अर्ब २० करोड रुपैययाँ विनियोजन गरिएको छ।
नयाँ बजेटमा नेपाल सरकारबाट प्राप्त ६ अर्ब ७७ करोड ६७ लाख ४१ हजार रुपैयाँ समानीकरण अनुदान, ६ अर्ब ५० करोड १९ लाख सशर्त अनुदान, ७१ करोड ४२ लाख रुपैयाँ समपूरक अनुदान, ३५ करोड ५० लाख रुपैयाँ विशेष अनुदान समेटिएका छन्। त्यस्तै, राजस्व बाँडफाँटबाट ६ अर्ब ५७ करोड ६० लाख रुपैयाँ र आन्तरिक राजस्वबाट प्राप्त हुने १ अर्ब ६९ करोड ९५ लाख व्यहोरिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।