काठमाडाै – फिल्म ‘कस्मिक लभ’ को निर्माण घोषणा भएको छ। शुक्रबार काठमाडौंको होटल अन्नपूर्णमा एक कार्यक्रमको आयोजना गरी फिल्मको शुभमुहूर्तसहित निर्माण घोषणा गरिएको हो।
अर्पण थापा, प्रशान्त ताम्राकार र दिया मास्केको मुख्य अभिनय रहने फिल्मलाई बिएस बलामी र शंकर अधिकारीले निर्देशन गर्नेछन्।
रोमान्टिक, कमेडी र सस्पेन्स विधामा निर्माण हुने फिल्म मुभी मेकर्स प्रालिको ब्यानरमा निर्माण हुनेछ।
रविन तामाङ, राजाराम पौडेल, पुरन थापा, देव महर्जन लगायतका कलाकारहरुको पनि अभिनय रहने फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।