काठमाडौं– वैदेशिक रोजगार विभागका अधिकृत रामप्रसाद ढुंगाना पक्राउ परेको भोलिपल्ट अर्का कर्मचारी घुससहित पक्राउ परेका छन्।
वैदेशिक रोजगार विभाग, काठमाडौं कार्यालय ताहाचलमा कार्यरत सवारी चालक दामोदर रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पक्राउ गरको छ। ६ हजार रुपैयाँ घुसससहित आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।
विभागका अधिकृत ढुंगानालाई आयोगले बिहिबार ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो। पत्रिका छापिएको कामदार मागसम्बन्धि विज्ञापनको त्रुटि मिलाइदिने भन्दै उनले घुस लिएका थिए।
वैदेशिक रोजगार सर्वाधिक घुस लेनेदेन हुने कार्यालयका रुपमा बदनाम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।