काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
झन्डै ५ वर्षमा मंगलबारदेखि काठमाडाैंमा सुरु भएको छैटौँ महाधिवेशनको आज निर्वाचन प्रक्रिया सुरु भएको हो।
निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले बिहान ७ बजेदेखि ८ः३० बजेसम्म उम्मेदवारी दर्ता र ११ः३० बजेदेखि मतदान गर्ने गरी निर्वाचन प्रक्रिया अगाडि बढाएको जानकारी दिए।
बिहीबार निर्वाचन गरिसक्ने पूर्वनिर्धारित कार्यक्रम भएपनि बन्द सत्र र मतदाता नामावली विवादका कारण निर्वाचन आजसम्मका लागि रोकिएको थियो।
१७ जना पदाधिकारीसहित ४४ पदमा हुने निर्वाचनमा १ सय भन्दा बढीले उम्मेदवारी दिएका छन्। उक्त निर्वाचनमा देशभरबाट १ हजार ४ सय २० मतदाताले मताधिकारको प्रयोग गर्ने ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष योगेन्द्रकुमार कुँवरले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।