विराटनगर– मोरङका विभिन्न स्थानबाट अवैध रुपमा ढुङ्गा, गिट्टी उत्खनन तथा ओसार–पसार गर्ने ११ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विराटनगर–११ स्थित मिलन चोकबाट बालुवा बोकेका २, सुन्दरहरैँचा नगरपालिका–१० बाट २, ग्रामथान गाउँपालिका–६ नेता चोकबाट २ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ।
यसैगरी, सुन्दरहरैँचा नगरपालिका–१० बाट ३ वटा ट्रिपर र बेलबारी नगरपालिका–३ लोहन्द्रा खोलामा ढुङ्गा गिट्टी उत्खनन गर्दै गरेका २ वटा जेसिबी पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका साधनहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।
यसअघि गत जेठ २९ गते पनि प्रहरीले नदी उत्खननमा प्रयोग गरिएका ६ वटा ट्याक्टर र ४ वटा टिप्परसहित ६ जनालाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।