सिओल– दक्षिण कोरिया र उत्तार कोरियाले सैन्य सञ्चार सेवा पुनः सुरु गर्न बिहीबार सम्झौता गरेका छन्।
पश्चिमीदेखि पूर्वी क्षेत्रसम्म सैन्य सम्वादका लागि मार्ग प्रशस्त गरिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। दुई देशका जनरल तहका सैन्य अधिकारीहरूको संयुक्त बैठकमा सैन्य मामिलाका विविध विषयमा छलफल भएको थियो।
दक्षिण र उत्तर कोरियाको सीमा क्षेत्रमा पर्ने गाउँ पानमुन्जोममा बिहीबार बिहान वार्ता सुरु भएको थियो।
स्थानीय समयअनुसार बिहीबार १० बजे दुई कोरियाका सैनिक जनरल वार्ताका लागि उक्त गाउँमा पुगेका थिए। यी दुई देशका उच्च सैनिक अधिकारीबीच गएको दश वर्षमै पहिलो वार्ता भएको बताइएको छ।
यसअघि सन् २००७ को सुरुमा दुई कोरियाका उच्च सैन्य अधिकारीबीच वार्ता भएको थियो।
पाँच सदस्यीय दक्षिण कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व मेजर जनरल किम डो ग्युन तथा उत्तर कोरियाको तर्फबाट जनरल आन लक सनले नेतृत्व गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत मङ्गलबार सिङ्गापुरमा भएको ऐतिहासिक शिखर वार्तापछि दुई कोरियाका उच्च सैन्य अधिकारीहरुको बैठक भएको हो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।