मस्को- २०१८ रसिया विश्वकप फुटबल प्रतियोगितामा आयोजक रसियाले सानदार जित हात पारेको छ। बिहीबार मस्कोमा भएको खेलमा रसियाले साउदी अरेबियालाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।
समूह 'ए' अन्तर्गतको खेलमा रसियाले साउदी विरुद्धको नियन्त्रणमा लिएको थियो।
रसियाका लागि खेलको १२ मिनेटमा गाजिन्स्कीले गोल गर्दै अग्रता दिलाएका थिए। ४३ मिनेटमा चेरिसेभले दोस्रो गोल गरे।
त्यस्तै ७१ मिनेटमा डिज्यबाले रसियाका लागि तेस्रो तेस्रो गोल गरेका थिए।
दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा चेरिसेभवले व्यक्तिगत दोस्रो गोल गर्दा रसियाको अग्रता ४-० मा पुगेको थियो।
यस्तै इन्जुरी टाइमको चौथो मिनेटमा गोलोभिनले रसियाका लागि पाँचौ गोल गरे।
समूह 'ए' को पहिलो खेलमा शानदार जित हात पारेसँगै रसियाको दोस्रो चरण पुग्ने लक्ष्य सहज बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।