इन्धनको मूल्यवृद्धिको विरोधमा धनगढीमा नेविसंघको प्रदर्शन

Nepal Live

धनगढी– पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेपाल विद्यार्थी संघले बिहीबार धनगढीमा प्रदर्शन गरेको छ। 

मूल्यवृद्धि विरुद्ध देशव्यापी प्रदर्शन गरिरहेको नेविसंघले सरकारले मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन झन् चर्काउने चेतावनी दिएको छ।

विरोध र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै नेविसंघका केन्द्रीय सदस्य विनय लामाले वाम सरकारले सर्वसाधारणको ढाड सेक्नेगरी दैनिक उपभोग्य सामग्रीका साथै पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोकिने बताए।

विद्यार्थी नेता सुमन केसीले सरकारले जनतालाई विभिन्न बहानामा दुःख दिइरहेकाले चुप लागेर नबस्ने बताए।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार