मोरङमा ७ जना फरार अभियुक्त पक्राउ

Nepal Live

विराटनगर– मोरङका विभिन्न स्थानबाट प्रहरीले कर्तव्य ज्यान मुद्दाका तीनसहित ७ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

कर्तव्य ज्यान मुद्दामा कैद सजाय भई फरार रहेका मोरङको उर्लाबारी नगरपालिका ६ का ३१ वर्षीय राजकुमार भन्ने अशित धिमाल, सोही ठाउँका २६ वर्षीय सन्दीप भन्ने दिपेश शाक्य र २९ वर्षीय प्रेम तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मोरङ जिल्ला अदालतले २०७३ मंसिर १६ उनीहरुलाई ५/५ वर्षको कैद सजाय सुनाएको थियो। अदालतको आदेशपछि तीन जनालाई नै कारागार पठाइएको छ।

यसैगरी इलाका प्रहरी कार्यालय रानीले ४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला अदालत मोरङले विभिन्न समयमा कैद तथा जरिवाना सुनाइएका चारै जनालाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सवारी ज्यान मुद्दामा दुई वर्ष कैद सुनाइएका विराटनगर १३ का सुरजजंग राणा, फौजदारी मुद्दामा १ हजार रुपैयाँ जरिवाना भएका विराटनगर १४ का प्रकाशकुमार महतो, सार्वजनिक मुद्दामा १ हजार ६ सय ५० रुपैयाँ जरिवाना भएका जहदा १ का कमलकिशोर यादव र कार्तिककुमार यादव पक्राउ परेको इप्रका रानीले जनाएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार