काठमाडौं– ललित स्मृती यू–१८ राष्ट्रिय फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ। आर्मीले लुम्बिनी एफसीलाई ४–० गोलले पराजित गरेको हो।
आर्मीका लागि दिनेश हेन्जनले २७ मिनेटमा पहिलो गोल गरेका थिए। ससुन लामाले ४४ मिनेटमा अग्रता दोब्बर पारे। रोशन थमसनले र दिनेश आलेमगरले क्रमश: ७५ र ९१ मिनेटमा गोल गरे।
लगातार दोस्रो जितसँगै आर्मी समूह एमा ६ अंकसहित पहिलो स्थानमा छ।
यता अर्को खेलमा एनआरीले सरस्वती युवा क्लबलाई १–० गोलले हरायो। एनआरटीको जितमा रोजि पुडाशैनीले ७५ मिनेटमा गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।