हाम्रो पात्रोमा अब विश्वकप विशेष एप

Nepal Live

काठमाडौं- हाम्रो पात्रो प्रयोगकर्ताहरुका लागि वर्ल्डकप २०१८ को विशेष एप सार्वजनिक भएको छ। Football World 2018 नामको यो एपमा विश्वकपका प्रत्येक गतिविधि अपडेट हुन बताइएको छ।

एपमा खेल तालिका, देशहरू, टाइमलाइन, तत्काल हुने खेलका ताजा अपडेट तथा रिमाइन्डरहरु सजिलो गरी हेर्न सकिने हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोषकुमार देवकोटाले जानकारी दिए।

उनका अनुसार आफूलार्इ मन पर्ने देशलार्इ फेबरेट गर्न मिल्ने सुविधा समेत एपले राखेको छ। यसका लागि देशको झन्डामाथि भएको फेब (पानपाते) बटन थिच्नुपर्ने देवकोटाले बताए।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार