स्पेनको 'डोनोस्टी कप' खेल्ने 'टिम रारा'लाई प्रशिक्षक हुमागाईंको सहयोग

Nepal Live

काठमाडौं– स्पेनमा यहि महिना आयोजना हुने डोनोस्टी कप खेल्ने मुगुका यू–१४ किशोरीको 'टिम रारा'लाई प्रशिक्षक प्रदीप हुमागाईंले ट्रयाकसुट उपलब्ध गराएका छन्। हाल अमेरिकामा रहेका हुमागाईंले २० जना किशोरीलाई ट्रायकसुट उपलब्ध गराएका हुन्। उनी अमेरिकाको किस्टोन एथलेटिक क्लबमा प्रशिक्षकको रुपमा आवद्ध छन्।

हुमागाईंले उपलब्ध गारएको ट्रयाकसुट सांसद गगनकुमार थापा र अखिल नेपाल फुटबल संघ महिला समितिकी अध्यक्ष वृन्द्र देवानले बिहीबार खेलाडीलाई हस्तान्तरण गरेका थिए।

टिम रारा डोनोस्टी कप खेल्न यहि २८ जुनमा स्पेनको सान सबास्टेन प्रस्थान गर्दैछ। १ देखि ७ जुलाईसम्म हुने प्रतियोगितामा ३३ देशका ६ सय ३० टिमको सहभागिता छ। नेपालको टिम राराले चार खेल खेल्नेछ। प्रतियोगिता फुटबल फेस्टिबलको रुपमा रहदै आएको छ। 

नेपाली टिमको प्रशिक्षकमा भगवती रानामगर छिन् भने टिम व्यवस्थापकमा प्रकाशकुमार शाही र टिम संयोजकमा भोजराज भाट छन्। 

यसअघि सन् २०१५ मा भोजराज भाटले मुगुको किशोरहरुको फुटबल संघर्षमा आधारित 'सुनकली' डकुमेन्ट्री निर्माण गरेका थिए। भाटको निर्देशनमा बनेको डकुमेन्ट्रीले संसारभर प्रशंसा बटुलेपछि डोनास्टी‍ कपको आयोजकले सुनकलीको टिमलाई स्पेनमा खेल्न निमन्त्रण गरेको थियो। त्यसपछि भाटले गत माघमा मुगुमै गएर टिम छनोट गरेका थिए। 

दुई साताअघि काठमाडौंमा आएका टिम राराका लागि किट्सको समस्या देखेपछि हुमागाईंले सहयोग गरेको नेपाल लाइभलाई बताए। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार