‘जिरो’ को टिजरमा शाहरुख र सलमानको कमेडी

Nepal Live

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म 'जिरो' को नयाँ टिजर सार्वजनिक भएको छ। टिजरमा अर्का सुपरस्टार सलमान खान पनि देखिएका छन्। 

इद पर्वको अवसरमा शुभकामना स्वरुप शाहरुखले फिल्मको टिजर सार्वजनिक गरेका हुन्। करिब १ मिनेट २१ सेकेन्ड लामो टिजरमा सलमान र शाहरुखको कमेडी दृश्य र रोमान्टिक नृत्य देख्न सकिन्छ। 

फिल्ममा शाहरुख होचाको भूमिकामा देखिएका छन्। उनीसँगै अभिनेत्रीहरु कट्रिना कैफ र अनुष्का शर्मा पनि मुख्य भूमिकामा देखिनेछन्। सलमान भने एक गीतमा मात्र देखिनेछन्। 

आनन्द एल रायको निर्देशनमा बनेको फिल्म २१ डिसेम्बरमा प्रदर्शनमा आउनेछ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार