काठमाडौं– वैदेशिक रोजगार विभाग, बुद्धनगरका कर्मचारी रामप्रसाद ढुंगाना ५० हजार घुससहित पक्राउ परेका छन्। म्यानपावर कम्पनीसँग घुस लिएलगत्तै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो।
वैदेशिक रोजगारीका लागि कामदार मागसम्बन्धि पत्रिकामा प्रकाशित बिज्ञापन प्रकाशनमा त्रुटि भएको र त्यसलाई मिलाइदिने भन्दै पैसा लिएका हुन्। आयोगले टोलीले कार्यालयबाटै बिहिबार दिउँसो उनलाई पक्राउ गरेको हो। ढुंगाना अनुगमन शाखामा कार्यरत कर्मचारी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।