घुस लिने वन अधिकृतसहित दुई जना पक्राउ

Nepal Live

सुर्खेत- सेवाग्राहीबाट घुस लिने जिल्ला वन कार्यालय पश्चिम रुकुमका सहायक वन अधिकृत रोहितकुमार शाह र ग्रामीण वित्त सहायक सन्दीप अधिकारी पक्राउ परेका छन्। 

शाह र अधिकारीले कबुलियती वनको काममा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीबाट घुस लिएका थिए। उनीहरु दुई जना मिलेर घुस मागेको सूचना प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट गएको एक टोलीले सेवाग्राहीबाट २३ हजार रुपैयाँ घुस लिएको अवस्थामा बिहीबार पक्राउ गरेको हो। 

उनीहरुलाई सहायक वन अधिकृत शाहको कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारको कार्यालय सुर्खेतले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको समेत जनाइएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार