काठमाडौं– मल्टिस्टारर फिल्म ‘जय भोले’ को पहिलो गीत सार्वजनिक भएको छ। बिहीबार काठमाडौंको कुमारी हलमा आयोजित कार्यक्रममा फिल्मको ‘उम्लियो भने पोखिन्छ’ बोलको सार्वजनिक गरिएको हो।
लोक भाकामा तयार भएको उक्त गीतमा राजनराज सिवाकोटी र मेलिना राईले स्वर दिएका छन् भने गीतमा राजनराजकै शब्द र संगीत छ।
वसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमा खड्का, सलोन बस्नेत, सौगात मल्ल, खगेन्द्र लामिछाने, बुद्धि तामाङ लगायत कलाकारहरुको नृत्य छ।
कार्यक्रममा गीत निर्माण र यसको रचनाका सम्बन्धमा बोल्दै गायक तथा संगीतकार सिवाकोटीले भने, ‘मैले मान्छेको व्यवहार र उसको आचरण उम्लेपछि पोखिने प्रकृतिको हुने भएकाले कैलीगाईको दूधको माध्यमबाट 8मा केही सन्देश दिनका लागि यो गीतलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको हो।’
फिल्ममा अन्य कलाकारहरु बुद्धि तामाङ, सुरवीर पण्डित, बसुन्धरा भुसाल, सुरेन्द्र केसी, लक्ष्मी गिरी, जयनन्द लामा, रामचन्द्र अधिकारी, राजाराम पौडेल लगायतको अभिनय छ।
अशोक शर्माको निर्माण तथा निर्देशनमा बनेको फिल्म आउँदो दशैंमा प्रदर्शन आउनेछ।
भिडियाे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।