काठमाडौं- साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचकमा ५ दशमलब २३ अंकको सुधार आएको छ। बिहीबार नेप्से परिसूचक १२ सय ५७ दशमलब २३ को विन्दुमा आइपुगेको छ।
बिहीबार १ सय ६५ कम्पनीको ३१ करोड ८२ लाख ९ हजार २९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका बिमा समूह बाहेक अरु सबै समूहमा हरियाली छाएको छ। बिमा समूह ५ दशमलब ४७ अंकले बढेको छ।
उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४८ दशमलब ८७ अंकले बढेको छ। त्यस्तै, जलविद्युत् समूह २८ दशमलब ७१ अंकले बढेको छ। होटल समूह १९ दशमलब ४५ अंकले बढेको छ।
प्रभु बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ। बैंकको १ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। मेगा बैंकको १ करोड ८६ लाख ९ हजार ७ सय ७६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बिहीबार उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय ८८ रुपैयाँ अर्थात् ९ दशमलब ९९ प्रतिशतले बढेको छ। त्यस्तै, राधी जलविद्युत् कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६ रुपैयाँले बढेको छ। यता जेविल्स फाइनान्सका लगानीकर्ताले ४ रुपैयाँ गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।