क्वालालम्पुर– मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक यहाँको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायमा बिहीबार दोस्रो पटक पनि उपस्थित भएका छन्।
उनलाई करिब एक महिना अघिपनि उक्त निकायमा उपस्थित गराइएको थियो। उनलाई बिहीबार उक्त निकायले भ्रष्टाचारको विषयमा प्रश्न गरेको जनाइएको छ।
सरकारी लगानीको एक कम्पनी एमडिबीमा लगानीको विषयमा उनको संलग्नताको बारेमा यसअघि नै प्रश्न उठेको थियो। सोही विषयमा रजाकमाथि प्रश्न गरिएको हो।
उनीमाथि उक्त कम्पनीमा लगानी गर्नुको सट्टा करिब ४ करोड २० लाख मलेसियल रिङ्गेट किन आफ्नो व्यक्तिगत खातामा जम्मा गरिएको हो भन्ने बारेमा प्रश्न गरिएको छ।
पूर्व प्रधानमन्त्री रजाकले उक्त खाताको विषयलाई लिएर अनियमितता गरेको भन्दै प्रश्न उठ्ने गरेको छ। उनीमाथि भ्रष्टाचारको मुद्दा लाग्नसक्ने बताइएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।