ताप्लेजुङ- ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा गएराति धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमान्को हत्या गरेकी छन्। अन्दाजी २५ वर्षीय शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान् दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
हत्यापछि आफ्नी ५ वर्षीया छोरीलाई समेत घरभित्रै थुनेर शर्मिला राति नै फरार भएको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।
मृतक बाबुसँगै रातभर रहेकी छोरी बिहान चिच्याएको आवाज सुनेपछि छरछिमेकीले थाहा पाएका थिए।
फरार शर्मिलाको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको बस्नेतले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।