काठमाडौं– विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ।
रक्तदानको महत्वबारे जनचेतना फैलाउन यो दिवस हरेक वर्ष जुन १४ अर्थात् आजकै दिन विश्वभर मनाउने गरिन्छ। यसै अवसरमा काठमाडौंलगायत देशका विभिन्न भागमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ।
युथ फर ब्लड नेपालको अगुवाइमा आज काठमाडौंमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। रगतको अभाव हुन नदिन युवाहरुलाई परिचालन गरेर रक्तदान कार्यक्रम आयोजना गरिएको युथ फर ब्लड नेपालका अध्यक्ष अतित गुरागाईंले जानकारी दिए।
यो संस्थाले हरेक वर्ष यसै अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
संयुक्त राष्ट्र संघले सन् २०२० भित्र विश्वलाई रगत अभावमुक्त बनाउने घोषणा गरेको छ। संयुक्त राष्ट्र संघको सो घोषणालाई सफल बनाउन सदस्य राष्ट्रको हैसियतले नेपाल सरकारले पनि रगत संकलनको कामलाई अभियानकै रुपमा अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।