ad

गुन्डागर्दीमा संलग्न २ जना ठमेलबाट पेस्तोलसहित पक्राउ

SHARES
Nepal Live

काठमाडौं– ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न २ जना रिभल्वर (पेस्तोलजस्तै)सहित पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले काभ्रेका देवकुमार तापा र उनका सहयोगी धादिङका कमल गुरुङलाई पक्राउ गरेको हो। 

बुधबार राती ठमेलको ज्याठा गल्लीबाट रिभल्वर र एउटा खुकुुरीसहित पक्राउ गरिएको काठमाडौं परिसरका डिएसपी मोहन कुमार थापाले बताए। 

उनीहरुले बोेकेको झोलामा प्रहरीले हतियार बरामद गरेको हो। 

उनीहरुले पेस्तोल देखाएर धम्काउने र पैसा असुल्ने गरेको प्रहरी आरोप छ। उनी राधे भण्डारी समूहमा आबद्ध भएको प्रहरी अधिकारीहरु बताउँछन्। भण्डारी भने फरार छन्। उनीहरु इच्छासिद्धी बालुवा प्रशोधन केन्द्रका समेत सञ्चालक भएको खुलेको छ। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्