ad

महोत्तरीमा गुडिरहेको अटोरिक्सामा आगलागी

SHARES
Nepal Live

गौशाला– महोत्तरी जिल्लाको गौशाला नगरपालिका क्षेत्रमा बुधबार साँझ गुड्दागुड्दै एउटा अटोरिक्सामा आगलागी भएको छ। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार बुधबार साँझ गौशाला नगरपालिका–११ लक्ष्मीनियाँ गाउँको हनुमानचोक नजिकै पूर्व–पश्चिम राजमार्गबाट दक्षिणतर्फ आउँदै गरेको अटोरिक्सामा गुड्दागुड्दै अचानक आफैँ आगलागी भएको थियो। 

अटोरिक्सामा इन्जिनमा गडबडी भएर गुडिरहेकै अवस्थामा आगलागी भएको र आगलागीबाट सो अटोरिक्सा पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरी उपरीक्षक कडायतले बताए। आगलागीबाट ४ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।

अटोरिक्सामा आगलागी भएपछि त्यसमा सवार चालकसहित सबै यात्रु ओर्लिन सफल भएका थिए। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार