काठमाडौं–ललित मेमोरियल यू–१८ राष्ट्रिय फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब र फ्रेण्ड्स क्लब विजयी भएका छन्।
बुधबार भएको खेलमा थ्रीस्टारले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले पराजित गरेको छ। थ्रीस्टारको जितमा टिकाराज गुरुङले ४४ मिनेटमा गोल गरेका थिए।
यता फेण्ड्सले सुदुरपश्चिम फुटबल क्लबलाई १–० गोलले हरायो। सुदूरका लागि सन्देश न्यौपानेले दशौं मिनेटमा गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।