ad

बलात्कार मुद्दामा गुन्डा नाइके लामा पक्राउ

SHARES
Nepal Live

काठमाडौं– गुन्डा नाइके संजीव लामा ‘स्याल’ बलात्कार मुद्दामा पक्राउ परेका छन्। आफ्नै रेस्टुरेन्टमा कार्यरत युवतीलाई पटक पटक बलात्कार प्रयासको आरोपमा उनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले पक्राउ गरेको हो। 

उडल्याण्ड कम्प्लेक्समा नोला लाउञ्ज एण्ड बार चलाउँदै आएका लामालाई जबरजस्तीकरणी उद्योग मुद्दामा प्रहरीले कारबाही गर्ने तयारी गरेको छ। दरबारमार्ग वृत्तका डिएसपी दानबहादुर मल्लले लामालाई पक्राउ गरिएको पुष्टि गरे। 

लामा लामो समयदेखि गुन्डागर्दीमा संलग्न व्यक्ति भएको प्रहरी अधिकारीहरु बताउँछन्। उनी पटक पटक पक्राउ समेत परेका थिए। गोठाटार गोलीकाण्डमा समेत उनी मुछिएका व्यक्ति हुन्। जसमा एक बालकको मृत्यु भएको थियो। 

गुन्डागर्दीमा प्रहरीबाट जोगिन उनी राजनीतिमा समेत लागेका थिए। उनी तरुण दल काभ्रेका अध्यक्ष हुन्। 

स्रोतका अनुसार आफु ठूलो डन हुँ भन्दै युवतीलाई पटक पटक यौन दुव्र्यबहार गर्दै आएका थिए। आफ्नो गर्लफ्रेन्ड बन्न भन्दै ती किशोरीलाई उनले यातना दिदै आएका थिए। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार