काठमाडौं– सरकारी कोटामा दक्षिण कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन्। लमजुङका मिनबहादुर थापा र जोसेफ श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले पक्राउ गरेको हो।
सरकारी कोटामा एक वर्षका लागि कोरिया पठाइदिने र त्यसपछि कोरियामै भिसा नवीकरण हुने आश्वासन दिएका थिए। उनीहरुले त्यसका लागि ११ लाख रुपैयाँ लाग्ने बताएका थिए। ९ जनासँग उनीहरुले ७९ लाख ६५ हजार ८ सय रुपैयाँ उठाइसकेको सिआइबीका एसपी कृष्णहरी शर्माले बताए।
पक्राउ परेकालाई कारबाही गर्न सिआइबीले बैदेशिक रोजगार विभागमा पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।