पोखरा– पोखरा लेखनाथ महानगरपालिकामा बुधबार धारिलो हतियारको प्रहार गरी बाबुले छोराको हत्या गरेका छन्। मकवानपुर घर भई हाल पोखरा लेखनाथ–१५, रामबजार कालिकामार्गमा बस्ने ४० वर्षीय रामजी घलेले आफ्ना ११ वर्षका छोरा ज्ञापन घलेको चक्कुले घाँटी रेटेर हत्या गरेको प्रहरीले बताएको छ।
घलेले छोराको हत्यापश्चात् उनले श्रीमती सुमित्रा ठकुरी र आफ्नोसमेत घाँटी रेटेका थिए।
ठकुरीको हाल पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको पोखराका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिए। गर्भवती अवस्थामा रहेकी सुमित्राको शल्यक्रिया गरी मृत बच्चा निकालिएको बस्यालले जानकारी दिए।
चक्कु प्रहार गर्ने घाइते घलेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।