सन् २०२६ को विश्वकप ३ देशले संयुक्त रुपमा आयोजना गर्ने

Nepal Live

मस्को– २०२६ फिफा विश्वकप फुटबल प्रतियोगिता तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। रसियाको मस्कोमा बुधबार बसेको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को ६८औं कांग्रेसले उत्तर अमेरिका राष्ट्रहरु संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले आयोजनाका लागि गरेको दाबीमा भोटिङ गरेको हो।

फिफा कांग्रेसमा तीन देशको संयुक्त आयोजनाको पक्षमा १ सय ३४ भोट परेको थियो। २०२६ को विश्वकपमा लागि अफ्रिकन देश मोरक्कोले पनि दाबी गरेको थियो। उसको पक्षमा जम्मा ६५ भोट मात्र पर्यो। 

सन् २०२६ को विश्वकपमा ४८ टिमबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा ८० खेल हुनेछन् भने ३४ दिनसम्म चल्नेछ। 

यसअघि मेक्सिकोले सन् १९७० र १९८६ मा तथा अमेरिकाले सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो। क्यानडाले भने सन् २०१५ मा महिला विश्वकप आयोजना गरेको थियो। 

सन् २०२६ मा १६ शहरमा विश्वकप हुनेछ। जसमा १० शहर अमेरिकामा हुनेछ। बाँकी ६ शहर क्यानडा र मेक्सिकोका हुनेछन्। 

अमेरिकामा ६० खेल हुनेछ। क्यानडा र मेक्सिकोले १०–१० खेल खेलाउनेछन्। 

फाइनल खेल न्युयोर्कको मेटलाइफ रंगशालमा हुनेछ। जहाँ विश्वकप ८४ हजार ९ सय ५३ दर्शक अटाउनेछन्। 

त्यसअघि सन् २०२२ मा कतारमा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुँदै छ। कतारमा भने ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ। 

यता सन् २०३० को फिफा विश्वकप फुटबल संयुक्त रुपमा आयोजना गर्न दक्षिण अमेरिकाका तीन राष्ट्रको दाबी छ। 

अर्जेन्टिना, उरुग्वे र पाराग्वेका आयोजनाका लागि दाबी गरेका थिए। सो संस्करणको आयोजनाका लागि ब्रिटेनले पनि दाबी गर्नेछ।  

विश्वकप फुटबल दक्षिण अमेरिकाबाट सुरु भएको तथा आयोजनाको सय वर्ष पूरा भएको अवसरमा दक्षिण अमेरिकामै विश्वकप आयोजना गर्नुपर्ने तर्क ती राष्ट्रहरुले गरेका छन् । विश्वकप फुटबलको पहिलो संस्करण सन् २०३० मा उरुग्वेमा भएको थियो।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्