काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार बिज्ञप्ती जारी गरी असार ५ गतेदेखि ओली चीन भ्रमणमा जाने जनाएको छ।
ओलीसँगै पत्नी राधिका शाक्य तथा ४ मन्त्री भ्रमणमा जाने भएका छन्। गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, यातायात मन्त्री रघुवीर महासेठ भ्रमणमा प्रधानमन्त्रीसँगै जाने परराष्ट्रले जनाएको छ। ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालसहित उच्च पदस्थ कर्मचारीहरु भ्रमणमा जाने छन्।
भ्रमणको क्रममा उनी चिनियाँ प्रधानमन्त्री लि खछ्याङ लगायत चिनियाँ कम्यूनिष्ट पार्टीका उच्च पदस्थ नेताहरुसँग भेट्ने छन्।
भ्रमणको क्रममा उनी ल्हासा पनि पुग्नेछन्। ओली १० गते स्वदेश फर्कने छन्।
भ्रमणको क्रममा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग समेत भेट्ने कार्यक्रम रहेको बताइएपछि परराष्ट्र मन्त्रालयले यसबारेमा केही बताएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।