बुटवल- प्रदेश ५ को आज बसेको प्रदेशसभा बैठकले २ वटा विधेयक सर्वसम्मतिले पारित गरेको छ।
मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका शंकर पोखरेलले पेस गरेको प्रदेश वित्त व्यवस्थापन विधेयक २०७५ र प्रदेश ५ प्रदेश कर तथा गैरक र राजस्व सम्बन्धी विधेयक २०७५ सर्वसम्मतिले पारित भएको हो।
आजको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले विधेयक प्रमाणीकरण गरेको पत्र पढेर सुनाएका थिए।
यसअघि नै सरकारले ल्याएको नीति कार्यक्रममाथि छलफल सकिएकाले निर्णयार्थ पेश गरिएको हो। आजैको बैठकले सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि प्रस्तुत गरेको नीति कार्यक्रम पनि पारित गरेको छ।
अर्काे बैठक असार १ गते दिनको १ बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।