काठमाडौं- गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्रले महँगीको मारमा परेका गरिब जनतालाई विशेष राहत तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
किराँती नेतृत्वको पुनर्गठित नेकपा माओवादी केन्द्रले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महँगीको मारमा परेका जनतालाई तत्काल विशेष राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको हो। पार्टीले भूकम्पपीडितलाई ५ लाख अनुदान सहायता उपलब्ध गराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
समृद्धिको नारा दिने सरकारले पीडितलाई राहत दिन डराउन नहुने अध्यक्ष किराँतीले बताए। नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्तालाई धरपकड नगर्न पनि उनले सरकारसँग माग गरे।
नेकपा माओवादी केन्द्रले भारतबाट मुलुकको राष्ट्रियता खतरा पर्ने निष्कर्ष निकाल्दै सीमानाका अग्लो पर्खाल वा काँडेतारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।