काठमाडौं– सुन तस्करी छानबिन बिशेष समितिले आके ज्वेलर्सबाट बरामद सुन, नगद तथा अन्य गहनाहरु राष्ट्र बैंकमा बुझाएको छ।
करिब २० करोड रुपैयाँ बराबरको धनमाल बुधबार राष्ट्रबैकमा बुझाइएको हो।
सोमबार समितिले राजेन्द्रकुमार शाक्यद्वारा सञ्चालित तीन वटा सुन पसलमा छापा हानी सबै सुन, गहना र नगद जफत गरेको हो। तीनै वटा पसलमा शिलबन्दी समेत गरिएको छ।
संगठित अपराधको अनुसन्धानका लागि शाक्यको सम्पती जफत गरिएको हो। अदालतकै अनुमतीमा सम्पती जफत गरिएको समितिले जनाएको छ।
समितिले सुन तस्करी प्रकरणका अभियुक्तहरु मोहन अग्रवालको घरमा तथा चेतन भण्डारीको रेष्टुरेन्टमा छापा हानेर शिलबन्दी गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।