मस्को– इजिप्टका गोलकिपर इसाम इल हडारी २०१८ फिफा विश्वकपका लागि राष्ट्रिय टिममा परेका सवैभन्दा पाका खेलाडी हुन्। उनी हाल ४५ वर्ष ६ महिनाका भए। यदि उनले रसियामा मैदान उत्रने मौका पाए उनले बढी उमेरमा विश्वकप खेलेर रेकर्ड बनाउनेछन्। यसअघि विश्वकप खेल्ने पाका खेलाडी कोलम्बियाका गोलकिपर फार्यड मोन्ड्रागोन हुन्। उनी गत संस्करणको विश्वकप खेल्दा ४३ वर्षका थिए।
हडारी इजिप्टका कप्तान समेत हुन्। उनले १९९६ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए। २२ वर्ष राष्ट्रिय टिमबाट खेलिसकेका उनले १ सय ५८ खेल खेलेका छन्।
रसिया विश्वकपका सवैभन्दा कान्छा खेलाडी अस्ट्रेलियाका विंगर ड्यानियल अर्जानी हुन्। उनी १९ वर्ष पाँच महिनाका भए। यहि वर्ष राष्ट्रिय टिममा डेब्यू गरेका उनले २ क्याप जितेका छन्। उनले २०१६ देखि मेलवर्न सिटीबाट व्यसायिक खेल खेल्दै आएका छन्।
रसिया विश्वकपका ७ सय ३६ खेलाडीको औषत उमेर २८ वर्ष छ। जुन विश्वकप इतिहासकै बढी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।