काठमाडौं– नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टीबाट निर्वाचित रेशम चौधरीलाई सपथ नखुवाएको बारे प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्।
टीकापुर घटनामा संलग्न भएको भन्दै जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर भई थुनछेक आदेशले थुनामा रहेका चौधरीलाई के कति आधारमा आरोप लगाइयो भन्दै उनले सदनमा त्यसको प्रष्टता माग गरेका छन्।
सप्तरी ४ वाट निर्वाचित भएका उनले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।