ad

जडिबुटीमा दुर्घटना : टिपरमा आगजनी, सडक अस्तव्यस्त

SHARES
Nepal Live

काठमाडौं– जडिबुटीमा टिपरले स्कुटरलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन्। टिपरमा आगजनीपछि सडक अस्तव्यस्त बन्न पुगेको छ।

भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ३५५८ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा ७० प ९३९९ नम्बर स्कुटरलाई ठक्कर दिएको हो। दुर्घटनापछि टिपरमा आगो लगाई स्थानीयले चक्काजाम गरेका छन्। जसकारण कोटेश्वर, जडिबुटी, पेप्सीकोला तथा गठ्ठाघरमा जाम बढेको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार