चितवन- नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने दाबी गर्दै जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताएका छन्।
भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित सहिद शिवराम स्मृति प्रतिमाको अनावरण गर्दै उनले भने, 'अब विकास र समृद्धिको बाटोमा हिँडेर 8वादमा पुग्ने लक्ष्य हामीले लिएका छौँ।'
स्थानीयवासी शिवहरि तिमिल्सिना विसं २०६० फागुन १७ गते रुपन्देहीमा र रामकृष्ण तिमिल्सिना २०६९ असोज १७ गते स्याङ्जामा मारिएका थिए। उनीहरुकै नामबाट चोकको नामकरण गरी प्रतिमा निर्माण गरिएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।