ad

प्रधानमन्त्रीले प्रदेश संसद्लाई सम्बोधन गर्नु अलोकतान्त्रिक चरित्र : शेखर कोइराला

SHARES
Nepal Live

विराटनगर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेशन छिट्टैै गर्नुपर्नेमा जोड दिएका छन्।

कोइराला निवासमा आज पत्रकारसँगको भेटघाटमा उनले पार्टीको महासमितिको बैठकमा विधान पारित गरेर महाधिवेशनको प्रक्रियामा जानुपर्ने औँल्याए। उनले पार्टी सभापति शेरबहादुर देउवाले सहमति र विधान नमान्ने गरेको आरोप लगाउँदै पार्टी एक ढिक्का हुन नसकेकामा चिन्ता व्यक्त गरे।

सरकारविरुद्ध आन्दोलन गर्ने बेला नआएको स्पष्ट पार्दै उनले तर मुलुकमा दण्डहीनता बढेको आरोप लगाए। प्रादेशिक संरचना भएका मुलुकका प्रधानमन्त्रीले कहीँ पनि प्रदेशको संसद्लाई सम्बोधन नगर्ने गरिएको बताउँदै नेता डा कोइरालाले प्रधानमन्त्रीले प्रदेशको संसद्लाई सम्बोधन गरेर अलोकतान्त्रिक चरित्र देखाएको जिकिर गरे।

सातै प्रदेशका लागि संघीय सरकारले कूल बजेटको ९ प्रतिशत मात्र छुट्याएकाले प्रदेशको विकास निर्माण प्रभावित हुने उनको भनाइ छ। पत्रकारको जिज्ञासामा उनले कार्यकारी राष्ट्रपति राखेमा मुलुक अधिनायकवाद तथा निरंकुशता र सर्वसतावादतर्फ अग्रसर हुने सम्भावना व्यक्त गरे।रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार