ढाका- दक्षिण-पश्चिमी बंगलादेशका दुई वटा जिल्लामा भारी वर्षापछि गएको पहिरोमा परी १३ व्यक्तिको मृत्यु भएको छ।
मंगलबार बिहान रनगामती र कोक्स बजार जिल्लामा गरी उनीहरुको ज्यान गएको प्रहरी अधिकारीहरुले बताएका छन्। ढाकाबाट २ सय ९२ किलोमिटर टाढा रहेको रनगामती जिल्लामा ११ जनाको मृत्यु भएको बताइएको छ।
यस्तै, कोक्स बजार जिल्लामा गएको पहिरोमा परी एक रोहिङ्ग्या शरणार्थीसहित दुईको मृत्यु भएको समाचारमा जनाइएको छ।
रनगामती इलाकामा म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वको कारण विस्थापित करिब १० लाख रोहिङ्ग्या मुसलमान शरणार्थीको बसोबास छ।
गत वर्षको जूनमा पनि बंगलादेशको चटगाउँलगायत पाँच वटा जिल्लामा गएको भीषण पहिरोमा परी कम्तीमा १ सय ५३ व्यक्तिको मृत्यु भएको थियो। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।