पोखरा– पोखराको पृथ्वीनारायण क्याम्पस नजिकै नेपाल विद्यार्थी संघ र प्रहरीबीच झडप भएको छ।
मूल्यवृद्धिको विरोधमा साँझ सवा ६ बजेबाट नेविसंघले मसाल जुलुस निकालेको र जुलुस अगाडि नै विद्यार्थीलाई क्याम्पस परिसरमा थुन्ने प्रयास भएपछि स्थिति तनावग्रस्त भएको नेविसंघ कास्कीका नेता समित केसीले बताए। झडपका क्रममा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएको उनले जानकारी दिए। झडपमा दुई प्रहरी घाइते भएका छन्।
विद्यार्थीले मूल्यवृद्धि अन्त्य गर्न माग गर्दै नाराबाजी गरेका छन्। झडप नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर र १७ सेल अश्रुग्यास प्रहार गरेको थियो।
साँझदेखिको झडप साढे ८ बजे रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।