विश्वकप २०१८ समूह एच– पोल्यान्ड, सेनेगल, कोलम्बिया, जापान।
समूह एचलाई २०१८ विश्वकपको सन्तुलित समूह मानिएको छ। समूहमा रहेका पोल्यान्ड, सेनेगल, कोलम्बिया र जापानको स्तर समान छ।
पोल्यान्ड र कोलम्बियाबीच २४ जुनमा हुने खेललाई समूहको महत्वपूर्ण खेल मानिएको छ। दुवै टिमको लक्ष्य नकआउट चरण भएकाले जितले उनीहरुको लक्ष्य पूरा हुन सक्छ। पोल्यान्ड र कोलम्बियाका टिममा प्रतिभाशाली खेलाडी छन्। त्यसैले काजन एरेनामा हुने खेल समूहकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
यता सेनेगल पनि अफ्रिकाको बलियो टिम हो। सन् २००२ मा डेब्यू गर्दा उसले अन्तिम ८ को यात्रा तय गरेको थियो। यसपटक उसको लक्ष्य अन्तिम ८ माथि हुनेछ। त्यसैले समूह चरणमा पोल्यान्ड र कोल्मिबया जस्ता टिमको सामना गर्न सेनेगलले सम्पूर्ण शक्ति खर्च गर्नेछ। जापानका लागि पनि अन्य एसियन टिमको तुलनामा सजिलो समूह परेको छ। त्यसलै समूह चरण पार गर्न जापानका लागि गाह्रो भने पर्ने देखिन्न।
के तपाईंलाई थाहा छ?
कोलम्बियाले दक्षिण अमेरिका छनोटमा अन्तिम स्थानमा रहेर २०१८ को विश्वकपमा स्थान पक्का गरेको हो। २०१४ मा कोलम्बियाले अन्तिम ८ को यात्रा गरेको थियो। यसटपको विश्वकपमा कोलम्बियाले आफ्ना फरवार्डद्वय राडामेल फाल्काओ र जेम्स रोद्रिगेजबाट ठूलो आशा गरेको छ।
सेनेगललाई अफ्रिकाबाट छनोट हुने सवैभन्दा बलियो टिम मानिएको छ। लिभरपुलबाट खेल्ने स्टार खेलाडी साडियो माने, नापोलीका कलिडेउ काउलिबाली, मोनाकवका केइटा बान्डे र इभर्टनका अलड्रिसा गान गउये जस्ता खेलाडीको जमघटले सेनेगल आत्मविश्वासी देखिएको छ। सेनेगलका प्रशिक्षकमा अलिओउ सिसे छन्। उनको कप्तानमा सेनेगल सन् २००२ को विश्वकपमा उत्रिएको थियो। त्यतिबेला उसले अन्तिम ८ को यात्रा तय गरेको छ।
जापान एसिया छनोटको समूह बीमा शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट भएको हो। जापानले छनोटमा साउदी अरेबिया र अस्ट्रेलियालाई पछि पारेको थियो। सन् २००२ र २०१० को विश्वकप मा जापान अन्तिम १६ मा पुगेको थियो।
पोल्यान्डका स्ट्राइकर तथा कप्तान रोबर्ट लेवान्डोवस्कीले विश्वकपमा छनोटको १० खेलमा १६ गोल गरेका थिए।
समूह 'एच'का चार टिमको विश्वकप इतिहास
कोलम्बिया
कोलम्बियाले दक्षिण अमेरिकी छनोटमा चौथो स्थान हात पार्दै रुसको टिकट काटेको हो। कोलम्बिया विश्व कपमा छनोट भएको यो छैटौं पटक हो। यसअघि कोलम्बियाले सन् १९६२, १९९०, १९९४, १९९८ र २०१४ को विश्व कप खेलेको थियो। कोलम्बियाको विश्व कपमा सम्झनलायक प्रदर्शन भनेको २०१४ मा क्वार्टरफाइनलसम्म पुग्नु हो।
जापान
जापानले एसियाको तेस्रो चरणको छनोटअन्तर्गत समूह ’बी’ को विजेता बन्दै रुसका लागि टिकट पक्का गरेको हो। जापान लगातार सन् १९९८ देखि विश्व कपमा समावेश छ। उसको यो पाँचौ सहभागिता हो। जापान सन् २००२ मा आफ्नै देशमा भएको र २०१० को दक्षिण अफ्रिकामा भएको विश्व कपमा अन्तिम १६ सम्म पुगेको थियो।
पोल्यान्ड
युरोप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको पोल्यान्ड समूह ‘ई’ को विजेता बनेर विश्व कपमा छनोट भएको हो। पोल्यान्डको १९३८, १९७४, १९७८, १९८२, १९८६, २००२ र २००६ सहित यो आठौं विश्व कप सहभागिता हो। पोल्यान्डको विश्व कपमा उत्कृष्ट प्रदर्शन भनेको १९७४ र १९८२ मा तेस्रो स्थान हात पार्नु थियो।
सेनेगल
सेनेगल विश्व कपमा छनोट भएको दोस्रो पटक हो। अफ्रिकी छनोटको समूह ‘डी’ अन्तर्गत शीर्ष स्थानमा रहेर सेनेगल १६ वर्षपछि विश्व कपमा फर्किएको हो। यसअघि सेनेगल २००२ को विश्व कपमा छानिएको थियो। त्यति बेला यो अफ्रिकी मुलुकले क्वार्टरफाइनलको यात्रा तय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।