पर्सा– बलिउड अभिनेता अमिताभ बच्चनको नाममा ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। बच्चनले चलाउने कार्यक्रम ‘कौन बनेगा करोडपति’को नाममा ठगी गर्नै ४ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा वीरगंज १८ का अक्षय कुमार चौरसिया, युवराज पासवान, वीरनारायण चौरसिया र राहुल कुमार राउत छन्।
उनीहरुले वीरगंजका सोझासाझा सर्वसाधरणलाई ३५ लाख रुपैयाँको चिठ्ठा परेको भन्दै झुक्याएर ठगी गरेको पर्साका डिएसपी राजन लिम्बुले बताए।
ह्वाट्सएप, इमो, भाइबर, फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत उनीहरुले चिठ्ठा परेको छ भन्दै म्यासेज पठाउने र त्यसवापत कर लाग्ने रकम अग्रिम पठाउनुपर्ने भन्दै पैसा लिएर बेपत्ता भइ ठग्ने गरेका थिए।
पैसा उनीहरुले मनि ट्रान्सफरमार्फत पठाउन लगाउने गरेका थिए।
गिरोहका नाइकेहरु भारतमा रहेको प्रहरी अधिकारीहरु बताउँछन्।
पछिल्लो एक वर्षमा पर्सा प्रहरीले मात्र यस्तो धन्दामा संलग्न २७ जनालाई पक्राउ गरिसकेको छ। चिठ्ठा परेको भनेर आउने सन्देष तथा इमेलमा विश्वास नगर्न प्रहरीले सर्वसाधरणलाई आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।