काठमाडौं- हिउँचितुवा पाइने १२ देशका वन तथा वातावरण मन्त्रीहरुको बैठकमा भाग लिन वन तथा वातावरणमन्त्री शक्ति बस्नेत किर्गिस्तान प्रस्थान गरेका छन्।
बैठकको अध्यक्षता नेपालका वनमन्त्री बस्नेतले नै गर्नेछन्।
हरेक वर्ष बस्दै आएको बैठक यसपालि जुन १४ र १५ मा बस्दैछ। विश्वमा हिउँचितुवाको संख्या पहिचानका लागि गणना विधि बनाउने, वैज्ञानिक र नीति निर्माता सहितको टोली निर्माण लगायतका एजेन्डा तय गरिएको छ।
बैठकमा भाग लिन मन्त्री बस्नेतसँगै मन्त्रालयका सह सचिव डा महेश्वर ढकाल पनि गएका छन्।
नेपालबाहेक भारत, भूटान, पाकिस्तान, अफगानिस्तान, चीन, मंगोलिया, रुस, काजिस्तकान, उज्वेकिस्तान, ताजिकिस्तान, किर्गिस्तानमा हिउँचितुवा पाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।