एजेन्सी– बलिउड अभिनेता अक्षय कुमार र भूमी पेडनेकरको फिल्म ‘ट्वाइलेट, एक प्रेम कथा’ले भारतीय बक्स अफिसपछि चीनमा पनि उत्कृष्ट व्यापार गरिरहेको छ। फिल्मले प्रर्दशनमा आएको ४ दिनमा चीनमा ६९.९ करोड भारतीय रुपैयाँ माथिको व्यापार गरेको छ।
चिनियाँ व्यापारको रिपोर्टअनुसार प्रदर्शनमा आएको पहिलो दिन २.३५ मिलियन डलर, दोस्रो दिन ३.५५ मिलियन डलर तथा तेस्रो दिन ३.१६ मिलियन डलर र चौथो दिन १.२४ मिलियन डलरको व्यापार अर्थात भारतीय रुपयाँ ६९.९ करोडको व्यापार गरेको छ।
चीनमा प्रदर्शनका लागि ४० करोड बढी रकम खर्चिएको फिल्मले १ सय करोड बढीको व्यापार गर्न सकेमात्र फिल्मले मुनाफा प्राप्त गर्ने भारतीय बक्सअफिस रिपोर्टमा उल्लेख गरिएको छ।
यसअघि फिल्मले भारतीय बक्स अफिसमा मात्र १ सय ३२ करोड २४ लाख भारतीय रुपैयाँ बढीको व्यापार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।